मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

हलमा दयाहाङ क्रेज, `वीर विक्रम`को आक्रमक ओपनिङ

फिल्मीखबर, काठमाडौं, 2016/08/21
दयाहाङ राई, नेपाी फिल्म उद्योगमा स्थापित अभिनेता भन्दा फरक नपर्ला । उनको अभिनय कलाबाट नलोभिने नेपाली फिल्मका दर्शक सायदै होलान् । उनै दयाहाङको क्रेज पुनः एकपटक हलमा देखिएको छ, प्रदर्शनरत फिल्म 'वीर विक्रम'मा ।
 
 
 
बिहिबारबाट प्रदर्शनमा आएको फिल्मले शुक्रबार र शनिबार आक्रामक विजनेस गर्यो । शनिबार दयाहाङसँगै, अभिनेता अर्पण थापा, अनुपबिक्रम शाही, डेब्यू अभिनेत्री दिया पुनः निर्देशक मिलन चाम्स लगायत राजधानीका हल-हलमा पुग्दा दर्शकले घेरे, कति दर्शकले दयालाई बोके अनि तस्विर र सेल्फी खिचे । 
 
राजधानीको गोपिकृष्ण हलमा दयाहाङ सहितको फिल्म युटिन पुग्दा सयौं दर्शक पर्खेर बसेका भेटिए । अनि नारा नै गुञ्जियो, दयाहाङ, दयाहाङ सँगै 'वीर विक्रम', 'वीर विक्रम'.... । दयाहाङले दर्शकको साथबाट उत्साहित भएको बताउँदै आफु सधैं दर्शकको लागी नै फिल्म खेल्दै आएको बोले । 
 
 
 
पहिलो फिल्मप्रति दर्शकले दिएको माया र सद्भावले डेब्यू अभिनेत्री दियाको अनुहारमा राम्रो चमक देखियो । भने निर्माता निर्देशक मिलन चाम्स पनि प्रफुल्लित देखिन्थे । मल्टिप्लेक्समा पनि फिल्मले प्राप्त शो मा दर्शक भरिभराउ छन् । बिगसिनेमा, एफक्यूव, क्यूएफएक्स सबैतिर शनिबार र शुक्रबार दर्शकको राम्रो साथ फिल्मले भेटेको छ ।