Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्टिप्लेक्समा 'चपली हाईट २' लाई सफलता

फिल्मीखबर, काठमाडौं, 2016/08/21
गत बिहिबार प्रदर्शनमा आएको फिल्म 'चपली हाईट २' ले नव अभिनेता आयुष्मान देशराज श्रेष्ठको क्रेज स्थापित गरेको छ । फिल्मको शुक्रबार सम्पन्न प्रेस सो मा सिभिल मलमा भेट्दा दर्शकले घेर्दै पालो पर्खेर सेल्फी लिएका थिए । 
 
सिङगल स्कृनमा भन्दा राम्रो दर्शक चाप फिल्मले मल्टिप्लेक्समा भेटेको छ । रिलिजको दिन भन्दा शुक्रबार र शनिबार मल्टिप्लेक्स हलमा दर्शक आक्रामक देखिए । शनिबार बिग मुभिजका अधिकांश शो हाउसफुल रहे भने क्युएफएक्समा पनि दर्शकको साथ राम्रो थियो । 
 
फिल्मको विजनेसबाट निर्माता अर्जुनकुमारले सन्तुष्टी व्यक्त गरे । दिपेन्द्र के खनाल निर्देशित फिल्ममा आयुष्मान देशराज श्रेष्ठसँगै परमिता आरएल राना र मरिस्का पोखरेल लिड रोलमा छन् ।  
Most Visited News (monthly)