Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

हिन्दी फिल्म छोडेर नेपाली फिल्ममा शिवानी ! (भिडियोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/20
केही फिल्ममा अभिनय गरेकी तथा 'ईशारा', 'शिशा' जस्ता फिल्म निर्माण गरेकी अभिनेत्री तथा निर्माता उमा बेबीले भाद्र ३ गते संचारकर्मी माझ आफ्नी छोरी शिवानी गिरीको १६ औं जन्मदिन मनाउँदै अभिनेत्री बन्ने अवसर दिईन् । 
 
 
मिस भारत वर्ल्ड २०१६ कि उपबिजेता शिवानीलाई जन्मदिनको अवसर पारेर उमाले बन्न लागेको अनटाईटल फिल्ममा अभिनेत्रीको रूपमा डेब्यू गराउने घोषणा गरिन् । उमा फिल्मसको ब्यानरमा बन्न लागेको फिल्ममा सुपरस्टार भुवन केसीको अभिनय रहने पक्का भईसकेको छ भने नव अभिनेताको खोजी भैरहेको छ ।
 
फिल्मको घोषणा समारोहमा फिल्मीखबरसँग बिशेष कुराकानी गर्दै शिवानीले आफूले अफर आएका दुईवटा हिन्दी फिल्म छाडेर नेपाली फिल्ममा काम गर्न आएको जानकारी गराईन् । रमाइलो प्रसङ्ग उठाउदै उनले आफुलाई कोरियन केटा निकै मन पर्ने समेत बताईन् ।
 
एक प्रसङ्गमा उमा बेबीले आफ्नो छोरीको लागी सपनाको राजकुमार खोज्दै गरेको भनिरहँदा छेउमा बसेकी शिवानी लजाईन् । उनले आफ्नो सपनाको राजकुमारको बारेमा पनि बोलिन् । मिठो स्वर भएकी शिवानीले हिन्दी तथा नेपाली गीत समेत गाएर सुनाईन् ।
 
शिवानी र उमा बेबीसँग फिल्मीखबरले गरेको रमाइलो कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ । 
 

 
Most Visited News (monthly)