Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`जिया केसी असल साथी मात्र` : भुवन केसी (भिडियो अर्न्तवार्ता)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/20
नेपाली फिल्म क्षेत्रमा भुवन केसीको नाम स्वर्ण अक्षरमा कुदिएको छ । नेपाली रजतपटमा सुपरस्टारको नामले परिचित भुवनले निकै लामो समयसम्म नेपाली फिल्मी क्षेत्रमा राज गरे । 
 
राजेश हमाल, शिव श्रेष्ठ जस्ता समकालिन कलाकारको बिचमा आफुलाई छुट्टै पहिचान दिन सफल भुवन केसीको सफलताको चर्चासँगै उनको नकारात्मक टिकाटिप्पणी पनि उत्तिकै हुने गर्छ । पछिल्लो  समय 'ड्रीम्स' फिल्म निर्देशन गरेर सफल निर्देशकको स्वाद चाखिसकेका केसीसँग फिल्मीखबरले केही रोचक प्रसँग उठाएको छ । 
 
दर्शकले आफूलाई सुपरस्टारको दर्जामा राख्नु आफैमा गर्वको कुरा भएको बताउने भुवनले त्यो पदवीको लाज राख्न मिहेनत गरिरएको बताए । उनै भुवनले पछिल्लो समय आफ्नो नामसँग जोडिएर आएकी अभिनेत्री जिया केसीलाई साथीको रूपमा मात्र लिएको बताएका छन् ।  
 
 
हेर्नुहोस्, भुवन केसीसँगको रमाईलो कुराकानी - 
 

Most Visited News (monthly)