भदौ ३१ मा रिलिज हुने फिल्म 'गाँठो'को ट्रेलर रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक गरिएको ट्रेलरमा लिड कलाकार नाजिर हुसैन, नम्रता श्रेष्ठ, अभय बराल लगायत फिचरिङमा छन् ।
यसअघि हलमा सार्वजनिक गरिसकेको ट्रेलर नै युट्युवमा छाडिएको छ । सुरज भुषालको निर्माण निर्देशनमा तयार भएको फिल्मले प्रचारलाई तिब्रता दिँदै काठमाडौं तथा पोखरामा मोटरसाईकल र्याली समेत गरिसकेको छ ।
फिल्मको यसअघि सार्वजनिक गीत तथा ट्रेलर युट्युवमा लोकप्रिय बनिसकेका छन् ।

