दुई तीन बर्षको बीचमा एक पटक पर्दामा आउँ भन्ने मेरो मान्यता हो, यो बीचमा राम्रो स्कृप्ट छानेर फिल्म गर्छु', अभिनेता तथा निर्देशक भुवन केसीले यति कुरा बोल्दै अभिनेत्री उमावेवीको निर्माणमा बन्न लागेको अनटाईटल प्रोजेक्टमा अनुबन्ध भएको खुलाए ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सविर श्रेष्ठको निर्देशनमा बन्नेगरी घोषणा गरिएको एक अनटाईाल प्रोजेक्ट मार्फत भुवन केसी ४ बर्षपछि पर्दामा फर्किन लागेका हुन् । पछिल्लो पटक आफ्नै फिल्म 'साथी म तिम्रो' मार्फत उनि पर्दामा देखिएका थिए । उनी फिल्ममा नम्रता योगीको अपोजिटमा हुनेछन् भने सँगसँगै निर्मात्री उवाकी १६ बर्षे छोरी शिवानी गिरीसँग पनि स्कृन सेयर गर्नेछन् ।

‘मिस भारत वल्र्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत रहेकी सिक्किममा बस्दै आएकी उमाकी १६ बर्षे छोरी शिवानीको जन्मदिनको अबसर पारेर आयोजित फिल्म घोषणा कार्यक्रममा भुवन मिडियाको अगाडी आईकन बने ।

केहि दिनपछि अर्को एक विशेष कार्यक्रम सहित फिल्मको नाम तथा विषयवस्तु सार्वजनिक गरिने भनिएको अनटाईटल प्रोजेक्टमा शिव ढकालको छायांकन, सचिन सिंहको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व समावेश हुने पक्का भईसकेको छ ।

