पुराना स्टार विराज भट्टको कमब्याक भनिएको फिल्म 'जय परशुराम' प्रदर्शनको दोश्रो हप्ताामा प्रवेश गरेको छ । फिल्मको पहिलो हप्ताको विजनेस औसत छ । गत हप्ता सोलो रिलिजको मौका पाए पनि सोचे अनुसारको विजनेस जय परशुरामले गर्न सकेन ।
यो हप्ता बिहिबारबाटै प्रदर्शनमा आएका दुई फिल्म 'चपली हाईट २' र 'वीर विक्रम'लेअधिकांश हल कब्जा गर्दा फिल्म राजधानी र मोफसलका बराबर जसो हलमा लागिरहेको छ । रोज राणाको निर्माण निर्देशन रहेको 'जय परशुराम'मा विराजसँगै निशा अधिकारी र रविन तामाङ लिड रोलमा छन् ।
एक्सन जनराको फिल्म निर्देशक राणामाथी रिलिजको केहि दिनमै राजधानीमा सांघातिक आक्रमण हुँदा उनि अहिले अस्पतालमा छन् ।

