Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

रमेशले भेटे हिरोईन्, ऐश्वर्य' बन्न तयार दीपिका

फिल्मीखबर, काठमाडौं, 2016/08/18
अभिनेता रमेश उप्रेतिले आफ्नो फिल्मका लागि लिडिंग लेडी तय गरेका छन् । उनको अभिनय तथा निर्माण रहने फिल्म 'ऐश्वर्य'मा रमेशले दीपिका प्रसाईसँग रोमान्स गर्ने भएका छन् । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्नेछन् ।
 
 
निर्देशक भट्टराईले अडिसनबाट दीपिका फाइनल भएको जानकारी गराए ।  २२ वर्षकी दीपिकाले फिल्म भित्र सुपरमोडलको रुपमा अभिनय गर्नेछिन् । वैष्णोदेवी फिल्मको ब्यानरमा बनेको फिल्ममा अभिनेताद्धय अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि निर्माताको रुपमा रहनेछन् । फिल्ममा प्रशान्त ताम्रकार र केकी अधिकारी पहिलेदेखि नै फाइनल छिन् ।
 
 
भदौको अन्तिम साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन् भने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । फिल्मलाई दिवाकर स्वयंले लेखेका हुन् ।
Most Visited News (monthly)