बिहिबारबाट प्रदर्शनमा आएको फिल्म 'वीर विक्रम'को बुधबार राजधानीमा भव्य प्रिमियर गरियो । दिवा तथा रात्री शो गरेर दुई पटक गरिएको प्रिमियरमा सेलिब्रेटीहरुको बाक्लो उपस्थिती थियो ।

निर्माण टिमले यसअघि नै नेपाली पुर्ण अर्गानिक भनेर प्रचार गरेको फिल्म हेरिसकेपछि पनि राम्रो प्रतिक्रिया भेट्यो । प्रिमियरमा फिल्म हेर्ने अधिकांश दर्शकको मुहारमा चमक छाउँदा निर्मााण टिम पनि दंग थियो ।

प्रिमियरमा पाएको प्रतिक्रियाबाट उत्साहित देखिएका निर्देशक मिलन चाम्सले दर्शकको मन बुझेर फिल्म बनाएको भन्दै दर्शकको साथ र सहयोगमा नै आफ्नो सफलता जोडिने बताए ।

त्यस्तै लिड कलाकार दयाहाङ राई र दिया पुनः ले पनि आफ्नो तर्फबाट जतिसक्दो राम्रो काम गर्ने प्रयास गरेको बोले । आफ्नो लागी भन्दा पनि दर्शकको लागी फिल्म खेलेको बताउँदै दयाहाङले अन्य फिल्ममा भन्दा भिन्न अबतारमा वीर विक्रममा देखिएको बताए ।

फिल्ममा अनुपबिक्रम शाही, अर्पण थापा , नाजिर हुसैन पनि लिड रोलमा छन् । बिहिबारबाट प्रदर्शनमा आएको फिल्मले सुरुवाती शो मा सन्तोषजनक सुरुवात गरेको छ ।
तश्विरमा हेर्नुहोस वीर विक्रम प्रिमियर माहोलः



.jpg)

.jpg)


