Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भत्किँदै बाँध, अब 'शकुन्तला' पनि भदौ ९ मै रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/08/18
काठमाडौंमा हलहरुमा शुक्रबार मात्र फिल्म रिलजि गर्नको लागी बनाईएको नियम यो हप्ता तोडियो । 'चपली हाईट २' र 'वीर विक्रम' नामका दुई फिल्म बिहिबार नै रिलिज भए । 
 
यसको असर अन्य निर्माता निर्दे्शकमा पनि देखिने पक्का भएको छ । भदौ १० लाई प्रदर्शन मिति तय गरेको फिल्म 'शकुन्तला' अब भदौ ९ मै लाग्ने भएको हो । निर्देशक दिनेश श्रेष्ठले यसको पुष्टि गरे । 
 
यो बिहिबार रक्षाबन्धनको विदा परे झैँ भदौ ९ मा पनि कृष्ण जन्मान्ष्टमीको विदा छ । यसअघि पनि रेखा थापाको फिल्म 'काली' पनि नियम तोड्दै दशैंको छेकोमा पनि बिहिबार नै रिलिज हुँदा समेत विवादले हंगामा भएको थियो । 
 
एकपछि अर्को गर्दै त्यसले गर्छ भने म किन पछि हट्ने जस्तो हठ राख्नै निर्माताहरुले आफुहरुकै लागी निर्माता संघले बनाएको नियम तोड्दै जाँदा अब जसले जे गर्दा पनि हुन्छ भन्ने प्रकारको सन्देश फिल्म उद्योगबाट बाहिरिने देखिएको छ ।
Most Visited News (monthly)