Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रक्षाबन्धनमा 'चपली सिक्वेल र 'वीर विक्रम' दर्शकमाझ

फिल्मीखबर, काठमाडौं, 2016/08/18
राजधानीमा शुक्रबार मात्रै फिल्म रिलिज गर्न बनाईएको नियम विपरित आज अर्थात विहिवारबाटै दुई फिल्म प्रदर्शनमा आएका छन् । रक्षाबन्धनको अबसरमा परेको राष्ट्रिय विदालाई लक्षित गर्दै दिपेन्द्र के खनाल निर्देशित चपली हाईट २ र मिलन चाम्स निर्देशित वीर विक्रम प्रदर्शनमा आएका हुन् । 
 
 
अर्जुनकुमार निर्माता रहेको चपली हाईट २ मा आयुष्मान देशराज श्रेष्ठ, मरिस्का पोखरेल र परमिता आर एल राना लिड रोलमा छन् । फिल्म राजधानीसँगै मोफसलमा सबै हलमा एकसाथ प्रदर्शनमा आएको हो । 
 
यस्तै दयाहाङ राई, अनुपबिक्रम शाही, अर्पण थापा, दिया पुनः, नाजिर हुसैन लिड रोलमा रहेको फिल्म 'वीर विक्रम' पनि शुक्रबार रिलिजको हल्लाबीच बिहिबारबाटै दर्शकमाझ आएको छ । तर सुरुवाती विजनेस हेर्दा दुबै फिल्ममा आशातित दर्शक देखिएनन् । 
Most Visited News (monthly)