मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो महिनाको तलब धुर्मुस सुन्तलीलाई दिने प्रधानमन्त्रीको उद्घोष

फिल्मीखबर, काठमाडौं, 2016/08/17
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब सामाजिक कार्यमा सकृय कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् ।
 
 
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने प्रतिवद्धता वयक्त गरे । भूकम्पपछि धुर्मुस सुन्तलीले चलाएको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईंहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ,’ प्रधानमन्त्रीले भने,’ म तपाईंहरुको अभियानमा सँगै छु ।'
 
भूकम्पपछि विपतमा परेकाहरुको उद्धारमा तथा जीवनरक्षा र वासस्थानको जोहोको लागी धुर्मुस सुन्तली सकृय छन् भने उनिहरुले बनाईरहेको गिरानचौक नमुना बस्ती पुर्निर्माणको लागी सहयोग जुट्ने क्रम पनि जारी छ ।
 
भेटमा प्रधानमन्त्री दाहालले धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना वस्तीलाई सरकारले प्राथमिकतामा रहेको उल्लेख गरे । प्रचण्डले आफू अहिले केह गरेर देखाउने सोचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई अगाडि बनाउनेपर्ने समेत बताए ।