Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चपली हाईटमा के देखाएँ अहिले भन्दिन : मरिष्का पोखरेल (भिडियो कुराकानी)

मदन रिजाल, काठमाण्डौ, 2016/08/12
नेपाली फिल्म क्षेत्रको उदाउँदो नाम हो ‘मरिष्का पोख्रेल’ । निकै लामो समय जापान बसेर जापानमै १८ बर्षको उमेरबाट आर्ट टिचरको रुपमा करिब ३ बर्ष काम गरेकी नेपाली सुन्दरी मरिस्का नेपाल आएको करिब ३ बर्ष मात्र भयो । 
 
जापानमै आफ्नो भविष्य देख्दै गरेकी पोख्रेल अकस्मात नेपालमा आमाको स्वास्थ्यमा आएको खराबीका कारणले स्वदेश फर्किएकी थिईन् । त्यसपछी स्वदेशमै रमाएकी अहिले फिल्म क्षेत्रमा रमाउँदै छिन् ।
 
डेव्यु फिल्म 'के म तिम्रो हैन र 'व्यबसायिक रुपमा त्यती धेरै सफल नभए पनि मरिष्काले राम्रै चर्चा पाइन । 'चपली हाइट २' को रिलिज डेट कुरिरहेकी मरिष्का यतिबेला यही फिल्मको प्रमोशनमा व्यस्त छिन । फिल्मीखबरसँगको भेटमा मरिष्का खुलेरै कुरा गर्न रूचाईन् ।
 
'चपली हाइट २' मा आफु आफ्नो पहिलो फिल्मभन्दा फरक भूमिकामा देखिएको बताउने मरिष्काले चरित्रको बारेमा भने त्यती खुल्न चाहिनन् । ‘चपली हाइट २’ भन्दा फरक प्रशङ्ग उठाउदा आर्यन अधिकारीसँग बजारमा आएको प्रेम प्रसङ्गको कुरालाई उनले अस्विकार गरिन् । आफू र आर्यन एक असल मित्र भएको र फिल्ममा दिएको किस सिनको आधारमा मात्रै यस्तो हल्ला चलेको उनले बताईन् ।
 
मरिष्कासँगको रमाइलो कुराकानी हेर्नुहोस् - 
 

Most Visited News (monthly)