यहि भदौ ३ मा प्रदर्शनमा आउने फिल्म 'वीर विक्रम'को केहि हप्ता पहिले ट्रेलर सार्वजनिक हुँदैगर्दा प्रदर्शनमा आईसकेको फिल्म 'कबड्डी कबड्डी'को फ्लेभर देखिएको भन्दै आलोचना भएपनि निर्माण टिम अहिले पनि त्यसको स्पष्टिकरण दिनमै व्यस्त छ ।
फिल्मको बारेमा हुने भ्रामक प्रचारलाई नजिकबाट बुझेका निर्देशक निर्माता मिलन चाम्सले गलत म्यासेजलाई चिर्दै अघि बढेका छन् । फिल्मीखबरसँगको कुराकानीमा चाम्सले आफ्नो फिल्म 'कबड्डी कबड्डी'सँग मेल खाएमा फिल्म क्षेत्र नै छाड्ने उद्घोष गरे ।
सिनेमाटोग्राफीदेखी कथा र प्रस्तुतीकरण केहि पनि उस्तै नरहेको भन्दै गलत प्रचारकापछि नलाग्न उनले दर्शकलाई आग्रह पनि गरेका छन् । फिल्मलाई 'अर्गानिक' नेपाली फिल्म बोलेका उनले रिलिजपछिको दर्शकको साथ नै आफ्नो मार्गनिर्देश रहने बताए ।

