Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अन्ततः 'जय परशुराम' देशैभर रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/08/12
अदालतमा परेको मुद्धा लगायतका अनेकन चर्चा र परिचर्चाका बीच पुराना स्टार बिराज भट्टको कमब्याक भनिएको फिल्म 'जय परशुराम' अन्ततः दर्शकमाझ आएको छ । फिल्म देशैभर एकसाथ ७० बढि हल मार्फत प्रदर्शनमा आएको हो । 
 
रोज राणाको निर्माण निर्देशक रहेको फिल्मको अर्को फिल्म 'परशुराम' सँग नाम मिल्दोजुल्दो भन्दै प्रतिलिपी अधिकार हननको दाबी सहित अदालतमा समेत मुद्दा पर्दा पुनरावेदन अदालत पाटनले प्रदर्शन रोक्न भन्दै अन्तरिम आदेश दिएको थियो । 
 
बाटोको म्याद बाहेक १५ दिनमा जवाफ मागेपनि निर्माण टिमले पत्र नबुझेको बुझिएको छ । अन्ततः निर्देशक रोजले फिल्म प्रदर्शनमा ल्याई छाडेका छन् । 
 
फिल्मसँग भिड्न कुनै फिल्म पनि यो हप्तालाई  मैदानमा उत्रेनन् । सोलो रिलिजको मौका पाएको फिल्ममा बिराजसँगै निशा अधिकारी र रविन रामाङ लिड रोलम छन् । 
Most Visited News (monthly)