मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जय परशुराम' रिलिज रोक्न अदालतको आदेश, निर्देशक भन्छनः शुक्रबारबाटै रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/08/11
शुक्रबारबाट प्रदर्शनको लागी प्रचार प्रसारमा रहेको फिल्म 'जय परशुराम' रिलिज नगर्न अदालतले आदेश दिएको छ । अर्को फिल्म 'परशुराम' सँग नाम मिलेको भन्दै उक्त फिल्मका निर्देशक नवराज घिमिरेले दिएको मुद्धा उपर फैसला गर्दै पुनरावेदन अदालत पाटनले प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेको हो । 
 
 
'जय परशुराम' निर्माण व्यानर रेदाअंश फिल्मस् सिने आर्ट्स'लाई विपक्षी बनाई प्रतिलिपी अधिकार दाबी सहित ‘ब्लाक चिल्ली आर्ट फिल्मस’ले दायर गरेको मुद्दाको मंगलबार फैसला गर्दै अदालतले प्रर्दशन, प्रदारप्रसार र वितरण रोक्न अन्तरिक आदेश दिएको हो ।  
 
 माननिय न्यायधिस जीवनहरि अधिकारीको एकल इजलासले परशुराम नामसँग मिल्ने कुनै पनि फिल्म निर्माण, प्रचार प्रसार, वितरण एवं प्रदर्शन जस्ता कुनै पनि कुरा नगर्न नगराउन भनेको छ । 
 
अदालतले तत्कालका लागि प्रर्दशन रोकेर दुबै पक्षलाई थप बहसको लागि भदौ १ गतेलाई बोलाएको छ । विकास वोर्डको नियम अनुसार पनि कुनै फिल्मको नामसँग अघि पछि केहि थपेर फिल्म बनाउन नपाईने प्रावधान छ । तर रोजलाई 'परशुराम'मा 'जय थपेर फिल्म बनाउन अनुमति दिएको विषयले मुद्धा रोजप्रति भन्दा पनि विशेषत विकास वोर्डतर्फ अघि बढ्ने देखिएको छ । 
 
यसैबीच 'जय परशुराम' निर्देशक राणाले फिल्म भोली अर्थात शुक्रबाटबाट नै प्रदर्शनमा आउने बताएका छन् । बिहिबार प्रेस भेटघाटको आयोजना गर्दै राणाले फिल्म प्रदर्शनको अन्तिम तयारी भएको छ शुक्रबार बाटै दर्शकमाझ आउने बताए । 
 
अदालतको प्रशंगमा नै प्रवेश गर्न नचाहेका रोजले दर्शकले खोजेको फिल्म बनाएको भन्दै बिराज भट्टको कमब्याक सफल रहने दाबी गरे ।