नेपालकै पहिलो साइस फिक्सन फिल्म दाबी गरिएको ‘बिजुली मेसिन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मका निर्देशक नविन अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आम नेपालीहरुमा देखिएको असहजता र अभावको दैनिकीलाई फिल्मले कलात्मक ढंगले देखाउने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले युवापुस्ताहरुले नयाँ कथामा फिलम निर्माण गरेकोमा खुशी व्यक्त गर्दै फिल्मको विषय आफ्ना लागि नौलो भएको बताए ।
नेपाली का.ग्रेसका अर्का केन्द्रीय सदस्य गगन थापाले पछिल्लो समयमा नेपाली फिल्ममा बदलाव आएको बताउँदै युवाहरुले चुनौतिपूर्ण किसिमले विज्ञानको कथामा फिल्म बनाएको भन्दै तारिफ गरे । कार्यक्रमका अन्य वक्ताले युवाहरुको प्रयासको सराहना गरेका थिए ।
कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, फूटबलर विमल घर्ती मगर, धावक सञ्जय पण्डित, सञ्चारकर्मी सिर्जना दुवाल श्रेष्ठ, व्यवसायी प्रसन्ना बस्नेत, समाजसेवी नलिन सेन थापा र विवकेशिल नेपालीबाट पुकार बमलाई सम्मान गरिएको थियो ।
सिलौटी इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेको फिल्ममा अभिशेक सुवेदी, जीवन अधिकारी, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपालको अभिनय रहेको छ । फिल्ममा महानायक राजेश हमाल विशेष भूमिकामा देखिनेछन् ।

