Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घर भन्दा मन बनाउन गार्हो छ : सुन्तली (भिडियोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/11
नेपाली रंगमञ्चमा 'सुन्तली' परिचित नाम हो । कुन्जना घिमिरे अर्थात् सुन्तली सफल नेपाली कलाकारको रुपमा जति परिचित छिन् त्यो भन्दा बढी चर्चा पछिल्लो समय भूकम्प पिडितका लागी धुर्मुस-सुन्तली फाउन्डेसन मार्फत एकिकृत बस्ती निर्माणको कारणले भएको छ । 
 
ललितपुरकी सुन्तली आफ्ना श्रीमान् धुर्मुस अर्थात् सिताराम कट्टेलसँग मिलेर दिनरात एकिकृत बस्ती निर्माणमा नै ब्यस्त छिन् । फिल्म 'छक्का पन्जा'को ट्रेलर रिलिजको क्रममा मिडियामाझ प्रस्तुत भएकी सुन्तलीले एकिकृत बस्ती निर्माणको कुरा जोड्दै भनिन्, 'भत्किएको घर भन्दा पहिले भत्किएको मन बनाउन सके आधा काम सम्पन्न हुने रहेछ ।' 
 
त्यस्तै फिल्म 'छक्का पन्जा'को बारेमा पनि उनले खुलेरै चर्चा गरिन् । आफुले एक निर्माताको भन्दा पनि एक दर्शकको नजरले ट्रेलर हेरेको एकदम राम्रो बनेको प्रतिकृया दिईन् ।
 
कुन्जनासँग गरिएको भिडियो कुराकानी यस्तो छ -