Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३ सय करोड क्लबमा सलमानको किर्तिमान

एजेन्सी, काठमाडौं, 2016/08/10
वलिउडमा लगातार दुई फिल्मलाई ३ सस करोडको विजनेस आँकडा पार गराउने किर्तिमान वक्सअफिस किङ सलमान खानले राखेका छन् ।
 
सलमानको 'बजरंगी भाईजान' पछि प्रदर्शनरत फिल्म 'सुल्तान'ले ३ सय करोडको विजनेस आँकडा पार गरेको हो । 
 
फिल्मलाई ३ सय करोड क्लवमा फिल्मलाई पुर्याउने सलमान दोश्रो स्टार हुन् । यसअघि आमिर खानको 'पिके' पनि ३ सय करोड क्लवमा छ ।
 
नामले नै १ सय करोड विजनेस गर्ने सामर्थ्य बोकेका सलमानको सुल्तानले स्पोर्ट्स ड्रामा बोल्छ । 
 
अलि अब्बर जफार निर्देशित 'सुल्तान'मा सलमान र अनुष्का शर्मा लिड रोलमा छन् । फिल्मले हालसम्म ३ सय करोड ६ लाखको विजनेस गरिसकेको छ भने भारतसहित धेरै देशमा फिल्मको प्रदर्शन चलिरहेको छ । फिल्मबाट सलमानले पारिश्रमिक नै १ सय करोड बढि लिईसकेका छन् ।
Most Visited News (monthly)