Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

जब टिसर्ट बोकेर हिरोईन लिन निर्देशक एरपोर्ट पुगे...

फिल्मीखबर, काठमाडौं, 2016/08/10
भदौ ३ रिलिज फिल्म 'वीर विक्रम'को प्रचारलाई सरिक हुन अभिनेत्री दिया पुनः काठमाडौं झरेकी छिन् । लण्डनमा रहँदै आएकी दिया बुधबार बिहान त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्दा निर्माण टिमले स्वागत गर्यो । 
 
 
दियालाई 'वेलकम' गर्न निर्माता निर्देशक मिलन चाम्स सहितको टोली विमानस्थल पुगेको थियो । विमानस्थलबाट बाहिर निस्किनासाथ निर्देशक चाम्सले अभिनेत्रीलाई स्वागत गर्दै 'वीर विक्रम' लेखेको टिसर्ट भिराए, अनि तश्विर खिचे । त्यसपछिको छोटो मिडिया संवादमा दियाको नेपाल आगमनले फिल्म प्रचारमा राहत हुने धारणा पनि राखे । 
 
 
यस्तै रिलिजको छेकोमा देश फिरेकी अभिनेत्री दियाले पनि फिल्मबाट धेरै आशावादी रहेको भन्दै दर्शकलाई न्यानय गर्ने भुमिकामा प्रस्तुत भएको बोलिन् । रिलिज अघिको छोटो समयमा जतिसक्तो लागी परेर फिल्म प्रचारलाई आक्रामक बनाउने निर्माण टिमको योजना उपर आफु अघि बढ्ने उनको भनाई थियो । 
 
 
फिल्ममा दुयासँगै दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा र नाजिर हुसैन लिड रोलमा छन् ।
 
Most Visited News (monthly)