मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा वाईनसँग हमालको मस्ती

फिल्मीखबर, काठमाडौं, 2016/08/03

महानायक राजेश हमाल यतिबेला अमेरिकामा छन् । वर्ल्ड फिल्म फेस्टिभलका लागि भनेर अमेरिका पुगेका हमालले त्यहाँ रहेका आफ्ना साथी सर्लकसँगको रमाईलो पलहरु सेयर गरेका छन् । हमालले वाईनको चुस्कीसँगै रमाईलो गरेका तश्विरहरु आफ्नो फेसबुकमा सेयर गरेका हुन् । 

हमालले सेयर गरेका तश्विरहरुमा उनका हजारौं फ्यानहरुले लाईक गरेका छन् भने 'ह्याभ फन' अनि 'ईन्जोई योरसेल्फ'का कमेन्टहरु समेत बर्षाएका छन् । अमेरिकाको क्यालिफिर्निया राज्यको नापा भ्याली सिटीमा रहेको वाईन उत्पादन क्षेत्रमा पुगेका हमालले बिभिन्न वाईनको स्वाद लिएको तस्विरमा देख्न सकिन्छ ।

 

हमाल जुन कार्यक्रमका लागि अमेरिका पुगेका थिए सो कार्यक्रम भने नभएको खबर आएको छ । भारतिय मूलका नागरिकको आयोजनामा हुने भनिएको वर्ल्ड फिल्म फेस्टिभलमा हमाललाई लाईफटाईम अचिभमेन्ट अवार्डले सम्मान गर्ने कार्यक्रम तय भएको थियो । कार्यक्रम नभएपछी हमाल नेपाली समुदायले आयोजना गरेका बिभिन्न कार्यक्रममा सहभागी भएको खबर प्राप्त भएको छ ।  

 

पाँच तश्विरमा हेर्नुहोस हमालको अमेरिकामा वाईनसँहको मस्तिः