भारतमा सर्वाधिक कलेक्शनको रेकर्ड राखेको फिल्म 'बाहुबली'को सिक्वेलको छायाँकन अहिले अन्तिम अन्तिम चलिरहेको छ । ३०० देखी ५०० जनाको क्रियू टिम फिल्मको छायाँकनमा व्यस्त हुँदै गर्दा निर्माण टिमको योजना विपरित फिल्मका कन्सेप्ट फोटोहरु सार्वजनिक भएका छन् ।

सुटिङको लागी तयार बाहिरिएका कन्सेप्ट फोटोहरु हेर्दै 'वाउ' लाग्ने छन् भने हालसम्म कमै फिल्ममा लगाएको सेट 'बाहुबली २' मा प्रयोग हुने देखिएको छ । दृश्यहरु बाहिरिएसँगै फेसबुक टुईटरमा भाईरल बनेका छन् ।

अर्को बर्षको अप्रिल १७ मा रिलिज हुने फिल्मलाई लिएर दर्शकहरु उत्साहित छन् । विशेषतः फिल्मको पहिलो सिरिजबाट छाडिएको कहानी कसरी समावेश हुन्छ भन्नेमा धेरैमा कौतुहलता छ ।



