भदौ ३ रिलिज फिल्म 'वीर विक्रम' बर्ष २०७३ को आशा गरिएको फिल्म मध्येको एक हो । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिम प्रचारमा व्यस्त छ । उता दयाहाङ राई लिड अभिनेता रहेको फिल्मले दयाको कमेडी क्रेजको प्रचुर फाईदा लिनेमा शंका छैन् ।

यो बीचमा एक फ्यानले दयाहाङ र निर्देशक मिलन चाम्सलाई एक फरक उपहार प्रदान गरेका छन् । 'वीर विक्रम'का लागी उत्साहित गणेश राई नामका एक फ्यानले फिल्मको पोष्टर आफ्नै हातबाट तयार गरेर निर्देशक चाम्स र दयाहाङलाई हस्तान्तरण गरेका हुन् ।
फिल्मको पोष्टर मन परेकाले आफूले हातले नै कोरेको उनले बताए । उनले आफू अभिनेता दयाहाङको ठूलो फ्यान रहेको समेत बताए । फ्यानले देखाएको मायाले दंग परेको निर्देशक चाम्सले आउँदा दिनमा दर्शककै रोजाइका फिल्म बनाउने प्रतिवद्धता व्यक्त गरे ।
दयासँगै दिपा पुनः अर्पण थापा, अनुपबिक्रम शाही लिड रोलमा रहेको फिल्मको यसअघि लण्डन तथा हङकङ प्रिमियर भईसकेको छ ।

