अभिनेता सविन श्रेष्ठ अब निर्माता बनेका छन् । उनको लगानीमा बन्ने फिल्म 'हिरो रिटर्न्स'को मंगलबार राजधानीमा औपचारिक घोषणा गरियो ।
फिल्ममा हिरो फिल्मबाट डेब्यू गरेकी चर्चित अभिनेत्री रेखा थापा र सविन स्वयंम लिड रोलमा हुनेछन् भने दिल श्रेष्ठ र सरोज खनाल पनि लिड अभिनेतामा लागी फाईनल भएका छन् । यस्तै फिलल्मको निर्मातामा चन्द्र गौतम छन् ।

कार्यक्रममा बोल्दै अभिनेत्री रेखा थापाले सविनको मन छुने प्रस्तावलाई आफूले नकार्न नसकेको बताइन् । उनले यो चलचित्रमा आफू एक्सन अवतारमा नै प्रस्तुत हुने बताइन् । फिल्मलाई आशिष भेटवालले निर्देशन गर्दैछन् उनि यतिबेला अष्ट्रेलियामा छन् ।
छायांकन काठमाण्डौ, विरगञ्ज र हेटौडामा हुनेछ । कमेडी एक्सन जनरामा बन्ने फिलममा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन रहनेछ ।

