Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पूर्व मिस नेपाल मलिना स्टारर 'दि विनर' ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/08/01
भदौ १७ लाई रिलिज मिति तय गर्दै गरिएको प्रचारका बीच रिलिज पोष्टपोण्ड भएको फिल्म 'दि विनर'को ट्रेलर सार्वजनिक भएको छ । नेपाली मनबाट हेर्दा फिल्मको ट्रेलरले हलिउड शैलीको झल्को दिन्छ ।
 
 
अष्ट्रेलिया दुबई अनि नेपालमा छायाँकन गरिएको ट्रेलरमा मनोरम दृश्यहरु समावेश छन् डायलग डेलिभरीको केहि कमजोरी बिर्सिने हो भने दर्शकले वाउ भन्ने ट्रेलर छ । पूर्व मिस नेपाल मलिना जोशी स्टारर फिल्मको संभावित रिलिज मिति असोजलाई मानिए पनि निर्माण टिमले ट्रेलरमा 'कमिङ सुन' मात्रै उल्लेख गरेको छ ।
 
ट्रेलरमा  लिड कलाकार मलिनासँगै महेशमान श्रेष्ठ, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरी लगायत फिचरिङमा छन् । हिक्मत बिष्ट निर्देशित सुवोध ठकुरी, विकास खरेल, रितेश राणा, सृजना शाह, रोयल मास्के लगायतको संयुक्त लगानी छ ।
 
Most Visited News (monthly)