मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरी सँगसँगै दयाहाङ र भानुप्रताप

फिल्मीखबर, काठमाडौं, 2016/07/31
प्रदर्शनको लागी तयार फिल्म 'लालटिन'का निर्माता अनि कलाकार पनि हुन् भानुप्रताप । नेपाली फिल्म उद्योगमा छोटो समयमै पर्दामा कम देखिँदै गर्दा पनि एक प्रकारको हाईप क्रियट गर्न सफल भानुप्रतापले 'लालटिन'मा दयाहाङलाई लिँदै गर्दा छुट्टै प्रकारको चर्चा भयो ।
 
 
कम अनि छानेर मात्र फिल्म गर्ने घोषणा गरेका दयाहाङले भानुप्रतापले नै तयार गरेको स्कृप्ट मन पराउनु अनि फिल्मको लागी तयार हुनुले नै उक्त फिल्मप्रति आशा गर्ने ठाउँ देखिईसकेको छ । यो बर्ष भित्रै रिलिजको तयारी भईरहेको उक्त फिल्म पश्चात अब पुनः दयाहाङ र भानुप्रताप सँगसँगै देखिने पक्का भएको छ । 
 
निर्माण घोषणा गरिएको फिल्म 'नेप्टे'मा दुबै जना अनुबन्ध भईसकेका छन् । रोहित रुम्बाले निर्माण गर्ने फिल्ममा निर्देशन देवकुमार श्रेष्ठको रहने छ । चार बर्ष पहिले 'दलाल' फिल्मबाट डेब्यू गरेका भानु पनि राम्रो अनि आफु सुहाउँदो कथा र पात्रमा मात्र प्रस्तुत हुने सोच राख्छन् । 
 
दयाहाङसँगको स्कृन सेयरको अनुभव सुनाउँदै भानुले कामप्रतिको लगाव र ईमान्दारीता हेर्दा दयाहाङलाई प्रशंसा गर्ने ठाउँ नै नभएको बताए । 
 
मंसिरमा सुटिङ सुरु हुने नेप्टेमा अनि त्यो पहिले रिलिजको संघारमा रहेको 'लालटिन'मा भानुले कस्तो काम गरेका छन्, दयाहाङसँगको भिडन्त के कस्तो छ त्यो भने फिल्म रिलिजपछि नै थाहा होला ।