मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सञ्जय दत्त फिल्ममा फर्किए 'मुन्नाभाई ३' रिलिज कन्फर्म

एजेन्सी, मुम्बई, 2016/07/31
सफल सिरिज 'मुन्नाभाई'को तेश्रो सिक्वेल बन्ने निश्चित भएसँगै स्टार अभिनेता सञ्जय दत्तले रिलिज पनि कन्फर्म गरेका छन् । ५७ औं जन्मदिनको छेकोमा उनले फिल्मको निर्माण सेड्युअलसँगै रिलिज हुने संभावित मिति पनि मिडियामाझ सार्वजनिक गरे । 
 
आउँदो नोभेम्बरबाट फिल्मको काम सुरु हुने भन्दै केहि महिना पहिले मात्रै जेलबाट बाहिरिएका सञ्जयले २०१८ को सुरुवाती महिनामा फिल्मलाई दर्शकमाझ ल्याउने बताए । 
 
त्यस्तै उनकै जीवनकथा समेटेर बन्दै गरेको बायोपिक फिल्ममा भने आफु नहुने खुलाउँदै सञ्जयले उक्त फिल्म भने अर्को बर्षको फेब्रुअरीमा निर्माण सुरु हुने बताए ।