मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लालजोडी नचले फिल्म निर्माणबाटै सन्यासः निर्देशक सुवेदी

फिल्मीखबर, काठमाडौं, 2016/07/31
सञ्चारकर्मी समेत रहेका निर्देशक लक्ष्मण सुवेदीले दोश्रो प्रोजेक्ट 'लालजोडी' सफल नभए फिल्म निर्माणबाट नै सन्यास लिने घोषणा गरेका छन् । 'नेपाली फिल्मका दर्शकको मनोभावना बुझ्ने फिल्म बनाएको दाबी गर्दै यो फिल्म सफल नभए मलाई निर्माण निर्देशनमा देख्न पाउनुहुनेछैन्, अनामनगर बागबजारमा पनि नभेटिनसक्छु' सुवेदीले भने । 
 
 
यसअघि 'एउटा साथी' नामको फिल्म बनाईसकेका सुवेदी लालजोडी ट्रेलर तथा फर्स्टलुक सार्वजनिक कार्यक्रममा केहि रोमाञ्चक र धेरै भावुक देखिए । 'मेरा फिल्मका सबैजसो कलाकार आफ्नो ठाउँमा स्टार छन्, कमेडीयनहरुको बाहुल्यतामा फिल्म सकेका सुवेदीले भने, 'लालजोडी' मेरो करियरकै ड्रिम प्रोजेक्ट हो, दशक लामो पत्रकारिता, समिक्षा र अनुभवको सम्पुर्ण ईफोर्ट फिल्ममा लगाएको छु ।'
 
एकल लगानीमा आफ्नै कम्पनि दिलाशा क्रियशनको तर्फबाट फिल्म ल्याएका सुवेदीले निर्माताको रुपमा श्रीमती र छोरीलाई उभ्याएका छन् । 'धेरैले एक्लै लगानी गरेर, निर्देशन पनि गर्नसक्ला र भन्नुहुन्थ्यो, तर अन्ततः सबै काम एकल प्रयासमा सकाएको छु, दर्शकलाई तीजको कोशेली स्वरुप भदौ १७ मा आउँदै गरेको 'लालजोडी' मनपराउनुहुने आशा छ ।'
 
फिल्ममा नेपाली सानोपर्दाका चल्तिका अनुहारहरु बढि छन् । नक्कली बाबुरामको रुपमा परिचित ज्योति काफ्ले, बुद्धि तामाङ 'हैट', जयन्तेको रुपमा परिचित गोविन्द कोईराला, परदेशीजस्तो हिट फिल्मकी अभिनेत्री रजनी केसी, आयुष्मा कार्की लगायत लिड रोलमा छन् ।