मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक समाजको अध्यक्षमा सुचित्रा श्रेष्ठ विजयी (विजयीको सुचीसहित)

फिल्मीखबर, काठमाडौं, 2016/07/30
नेपाल चलचित्र निर्देशक समाजको आगामी ३ बर्षे कार्यकालको नेतृत्वमा सुचित्रा श्रेष्ठ विजयी भएकी छिन् । प्रत्यासी राजु केसीलाई पछि पार्दै समाजको अध्यक्ष पदमा सुचित्रा विजयी भईन् ।
 
सुचित्राको पक्षमा ६९ मत परेको थियो भने केसीको पक्षमा ३४ मत पर्यो । 
 
यस्तै समाजको उपाध्यक्ष पदमा रक्षासिंह राणा र दिपक खाँड विजयी भएका छन् । रक्षाले सर्वाधिक मत ८३ प्राप्त गरिन् भने दिपकले ४९ ल्याए । दुई उपाध्यक्षको लागी तीन जनाको उमेद्वारी परेकोमा प्रमोद भण्डारी ४० मत सहित तीन नम्बरमा परे । 
 
यस्तै सचिव पदमा शेखर खनाल विजयी भएका छन् । उनले ५० मत ल्याए भने प्रत्यासी जनकद्विप पराजुलीले ४८ मत ल्याउँदै २ मतले पछि परे ।
 
कोषाध्यक्ष पदमा विश्वमणी घिमिरे आएका छन् । उनले प्रतिद्वन्दी समिर बलामीलाई ४० मतले पछि पारे । घिमिरेको पक्षमा ६९ र वलामीको पक्षमा २९ मत पर्यो । त्यस्तै सहकोषाध्यक्ष पदमा राजु अधिकारी (४७) विजयी भएका छन् । प्रत्यासी शिव घिमिरेलाई (४४) अधिकारीले परास्त गरे ।
 
यस्तै सदस्यहरुमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भए । महा सचिवमा भने गोपालचन्द्र लामिछाने यसअघि नै निर्विरोध चयन भईसकेका छन् ।
 
१३८ जना निर्देशकले मताधिकार पाएकोमा जम्मा १०३ मत मात्र खसेको थियो । चलचित्र विकास वोर्डको हलमा सम्पन्न समाजको ११ औं साधारणसभाले गर्दा शनिबार दिनभरजसो चाबहिल क्षेत्रको माहोल फिल्मकर्मीले तताएका थिए । 
 
कांग्रेस एमाले तथा माओवादीको झुकाव सबैजसो चलचित्रकर्मीहरुमा देखीयो । भने कांग्रेसको कोटाबाट उमेद्वार बनेकी सुचित्रालाई जिताउन चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई लगायतको टोली कम्मर कसेर लागेको थियो । उनले एमाले निकट निर्देशकहरुको पनि समर्थन पाईन् ।
 
यस्तै राजनीति नघुसाउने हल्लाका बीच माओवादी निकट निर्देशक केपी पाठकसहितको अर्को समुहपनि अध्यक्षमा प्रत्यासी केसीको पक्षमा भोट पार्न लागिपरेको थियो ।