मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

'कम्मरमाथी पटुकी' फ्लेभरमा 'राधा'को गीत, कपि कि प्रभावित ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/07/29
शुक्रबार योगेश घिमिरे निर्देशित फिल्म 'राधा'को गीत रिलिज भयो । रिलिज हुनासाथ अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा उक्त गीतले कपिको आरोप खेपेको छ । गीत हेर्दैमा पनि 'नाई नभन्नु ल ३' फिल्मको 'कम्मर माथी' गीतको फ्लेभर भेटिन्छ ।
गीतको संगीत मिल्दो जुल्दो नै छ भने नृत्यमा प्रयोग गरिएका केहि स्टेप र कोरसको हाउभाउ पनि उस्तै लाग्छ । त्यसो त दुबै गीतका कोरियोग्राफर कविराज गहतराज हुनुले पनि नृत्यमा देखिएको फ्लेभरमा नक्कल अथवा प्रभावित भएको शंका गर्ने ठाउँछ । 
 
अर्को तर्फ चर्चित संगीतकार वसन्त सापकोटा नै दुबै गीतका संगीतकार हुन् । उनले जानीजानी एकै प्रकारको संगीत भरे या 'केयरलेस' गरे ? प्रश्न उनको अघि उब्जिएको छ । दुबै गीत सुन्ने अनि हेर्नेले शुक्रबार रिलिज गीतलाई सिधासिधा कपिको आरोप लगाउनेमा दुई मत छैन् ।
 
हेर्नुहोस दुबै गीतः 
 
 
'कम्मर माथी पटुकी'
 
 
राधाको छपक्कै गीतः