मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लालजोडी' ट्रेलर रिलिज, कमेडी र रोमान्सको फ्युजन (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/07/29
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको फिल्म 'लालजोडी'को ट्रेलर रिलिज भएको छ । राजधनीमा आयोजित एक कार्यक्रमका बीच शुक्रबार फिल्मको ट्रेलर र एक गीत पनि सार्वजनिक गरियो । 
 
 
सार्वजनिक ट्रेलरले नै फिल्म फुलप्याक कमेडी बोल्छ । दर्शकलाई हाँसो उठाउन सक्ने अनि मनमा बसिरहने केहि डायलगहरु ट्रेलरमा समावेश छन् भने । फिल्म भदौ १७ मा रिलिज हुँदैछ । 
 
दर्शकको मन जित्ने फिल्म बनाएको भन्दै दर्शकको साथ मिल्नेमा निर्देशक सुवेदीले आशा व्यक्त गरे । अरुको फिल्मलाई यो त्यो भन्नु भन्दा पनि आफ्नो प्रोजेक्ट राम्रो बनाउनमा लागेको भन्दै जतिसक्तो उत्कृष्टता दर्शकमाझ पस्किने भनाई सुवेदीको छ । 
 
दिलाशा क्रियशनको व्यानरमा तयार फिल्ममा रजनी केसी, नक्कली बाबुराम उर्फ ज्योति काफ्ले, आयुष्मा कार्की, बुद्धी तामाङ 'हैट' लगायत अभिनयमा छन् ।