Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबारबाट दर्शकमाझ संजोग भर्सेज संजोग !

फिल्मीखबर, काठमाडौं, 2016/07/29
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई फिल्म प्रदर्शनमा आएका छन् । दुई फिल्म एकसाथ भिड्दै गर्दा संयोग मिलेको छ कि एक फिल्मको नाम संजोग' छ भने अर्को फिल्म 'रेलिमाई'को लिड अभिनेताको नाम पनि संजोग छ । 
 
 
शुष्मा कार्की, सविन श्रेष्ठ लिड रोलमा रहेको संजोगलाई वेदप्रसाद भुर्तेलले निर्देशन गरेका छन् । फिल्मका निर्माता उमेश उप्रेती हुन् । फिल्ममा अधिकांश दृश्य पुर्वी नेपालमा खिचिएको छ ।
 
त्यस्तै अर्को फिल्म 'रेलिमाई' कमेडी जनराको फिल्म हो । केहि दिन पहिले राजधानीमा आयोजित अन्तिम प्रेसमिटमा फिल्म निर्माण टिम दर्शकप्रति आशावादी देखिएको थियो । फिल्ममा संजोग राणा, पुर्णिमा लामा, आर्यन लामा लगायत लिड रोलमा छन् । 
 
यसअघि सौखिन तिमिल्सिनाले काटेको फिल्मको ट्रेलरले पनि राम्रै चर्चा पाईसकेको छ । फिल्म साउन २१ मा रिलिज हुने प्रचारका बीच अन्ततः एक हप्ता पहिले नै रिलिज गरिएको हो ।
Most Visited News (monthly)