मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'शकुन्तला' प्रचार छाडेर किन अमेरिका हानिए हमाल ?

फिल्मीखबर, काठमाडौं, 2016/07/28
बुधबार मात्र मिडियामा समाचार छायो, महानायक राजेश हमालले आफु सहभागी नभएको फिल्म 'वीर विक्रम' हेर्न दर्शकलाई आग्रह गरेको  प्रसङ्ग । उक्त विषयसँग सम्बन्धित फिल्मीबरको समाचारमा हमालले आफ्नो फिल्म प्रचारमा नहिँड्दै आएको कुरा पनि जोडिएको थियो । 
 
अन्ततः उक्त कुरा पुनः प्रमाणित भएको छ कि हमाल प्रदर्शनको मुखको आफ्नै फिल्म छाडेर अमेरिका यात्रामा निस्केका छन् । हमाल भदौ १० मा प्रदर्शनको तयारीमा रहेको फिल्म 'शकुन्तला'लाई बेवास्ता गर्दै अमेरिकातिर हानिएका हु्न् । 
 
पछिल्लो समय पर्दामा असफल बनिरहेका हमाल 'शकुन्तला'मा हालसम्मकै भिन्न अबतारमा प्रस्तुत छन् । पहिलो पटक पर्दामा महिला (तेश्रो लिङ्गी) को अबतारमा उत्रिएका हमालको उक्त फिल्मले पाएको हाईपले केहि आशा पनि बढाएको थियो, तर हमाल नै प्रचार छाडेर अमेरिका निस्किनुले फिल्म युनिटलाई घाटा हुने निश्चित  देखिएको छ ।
 
त्यसो त पछिल्लो पटक शकुन्तला टिम र हमालबीच दुरी बढेको गसिप पनि बजारमा चलेको थियो । पछिल्लो पटक रिलिज गरेको तीज गीतमा हमाललाई 'युज' मात्र गरेको तर गीत फिल्मको टिमले नबनाएको भई अर्कैको रहरको लागी तयार गीतमा हमाललाई प्रयोग गरिएको चर्चा पनि सिने बृत्तमा थियो । 
 
अर्को तर्फ, फरक गेटअपमा प्रस्तुत हमालको लुक्सलाई सस्पेन्स राख्नुको सट्टा निर्माण टिमले पहिले नै सबैथोक खुलाउँदै सामाजिक सञ्जालमा सेयर गरेको बाट पनि हमाल असन्तुष्ट रहेको उनी निकट श्रोत बताउँछ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार हमाल 'शकुन्तला' रिलिजको दिनमात्र नेपाल फर्किने तालिका छ ।
 
दिनेश् श्रेष्ठ निर्देशित फिल्ममा हमालसँगै किशोर खतिवडा लिड रोलमा छन् ।