मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'चपली हाईट २' विरुद्ध विकास वोर्डमा उजुरी

फिल्मीखबर, काठमाडौं, 2016/07/28
हिट फिल्म चपली हाईट सिक्वेल विरुद्ध चलचित्र विकास वोर्डमा उजुरी परेको निर्माता अर्जुनकुमारले बताएका छन् । आफुले भदौ २ बिहिबारको दिन फिल्म रिलिज गर्न भन्दै प्रचार गरेको भन्दै निर्माता संघ र अघिल्लो हप्ता रिलिज हुने फिल्म 'जय पर्शुराम' टिमले आफु विरुद्ध उजुरी हालेको उनले दाबी गरे । 
 
 
उजुरी पत्र सेयर गर्न आनाकानी गरेका अर्जुनकुमारले आफ्नो फिल्मको रिलिज रोक्ने र सेन्सरसम्म हुन नदिने षडयन्त्र रच्दै उजुरी हालेको दाबी गरे । बिहिबार राजधानीमा नेपाली फिल्म रिलिज नगर्ने बारेमा निर्माता संघले यसअघि नै गरेको निर्णयको विरुद्धमा उभिँदै अर्जुनकुमार आफ्नो फिल्म बिहिबार नै रिलिज गर्न हौसिएका थिए । 
 
तर प्रयास असफल भएपछि उनि शुक्रबार नै फिल्म रिलिज गर्ने निर्णयमा पुगेका छन् । सोहि दिन अर्को फिल्म 'वीर विक्रम' पनि लाग्दैछ । 'वीर विक्रम'ले शुक्रबारलाई रिलिज तोक्दै प्रचार गरिरहँदा 'चपली हाईट २' भने बिहिबार रिलिज गर्नै भन्दै प्रचार गरिएको थियो ।
 
अर्जुनकुमारले अहिले फिल्म बिहिबार गर्न नदिए पनि 'चपली सिक्वेल' रिलिजपछि यो विषयमा आवाज उठाउने भन्दै निर्माता संघको निर्णय उल्ट्याउने दाबी गरे । हप्ताको जुनसुकै दिन पनि फिल्म चलाउन पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिने उनको भनाई थियो ।
 
निर्माता संघ नाम मात्रको भएको र निर्णय अनि काम भने आम निर्माताहरुको विरुद्धमा गर्दै आएको उनको आरोप छ ।
 
हरेक शुक्रबार रिलिज हुने फिल्मलाई कम्तिमा एक हप्ता होल्ड ओभर दिनुपर्ने भन्दै निर्माता संघले राजधानीमा शुक्रबार मात्रै फिल्म रिलिज गर्न पाउने प्रावधान बनाएको हो । तर मोफसलमा भने फिल्मले बिहिबार पनि रिलिजको मौका पाउँदै आएका छन् । 'चपली हाईट २' पनि राजधानी बाहिर बिहिबार नै रिलिज हुनेछ ।