मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'चपली हाईट २' अन्ततः भदौ ३ मै लाग्ने, निर्माता संघ बिरुद्ध अर्जुनकुमारको आक्रोश

फिल्मीखबर, काठमाडौं, 2016/07/28
भदौ २ मा रिलिज हुने प्रचार प्रसारका बीच फिल्म 'चपली हाईट २' काठमाडौंमा अन्ततः भदौ ३ मै लाग्ने भएको छ । विदाको छेको पारेर निर्माताले बिहिबार नै फिल्म रिलिजको लागी गरेको संघर्ष अन्ततः सफल हुन नसकेको हो । 
 
बिहिबार राजधानीमा केहि सञ्चारकर्मीको अघि निर्माता अर्जुनकुमारले फिल्म बिहिबार प्रदर्शन गर्न नपाउँदाको पीडा पोखेका छन् । 'हिन्दी फिल्म बुधबार रिलिज गर्दा चुप बस्ने नेपाली फिल्म बिहिबार त्यो पनि विदाको दिन रिलिज गर्न खोज्दा नपाउने, यो नियम कसको पक्षमा ?', अर्जुनले आक्रोस पोखे । 
 
निर्माताहरुको हक हितको लागी भन्दै खोलेको निर्माता संघ नै निर्माताको घाँटी निमोठ्न लागिपरेको भन्दै उनले संघलाई मुर्खहरुको झुण्डको संज्ञा दिए  । आफ्नो विजनेस गर्न पाउने अधिकार हनन भएको भन्दै बिहिबार रिलिजको प्रचारका बीच फिल्म शुक्रबार रिलिज गर्नुपर्दा आफुलाई २० देखी २५ लाख घाटा भएको दाबी उनको छ । 
 
 निर्माता संघका पदाधीकारीहरुलाई अर्जुनले अन्धा र अर्ध दिमागवालाहरुको संज्ञा दिएका छन् ।  राजधानीमा नलागे पनि मोफसलमा भने फिल्म भदौ २ मै लाग्नेछ ।
 
दिपेन्द्र के खनाल निर्देशित फिल्ममा आयुष्मान देशराज श्रेष्ठ, परमिता राना र मरिष्का पोखरेल लिड रोलमा छन् ।