Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेशम फिलिली हिरो हिरोईनको विज्ञापनलाई लण्डनमा अवार्ड

फिल्मीखबर, काठमाडौं, 2016/07/27
लण्डनमा आयोजित 'क्रिएटिभ कन्साइन्स अवार्ड २०१६' मा नेपाली सामाजिक व्यावसायिक विज्ञापन 'साबुनमेन'ले उत्कृष्ठ अवार्ड चुमेको छ । विभिन्न देशमा विज्ञापनहरुलाई उछिन्दै 'साबुनले हात धोऔं' सन्देश वोकेको नेपाली विज्ञापनले उत्कृष्ठ अवार्ड जितेको हो ।
 
 
आयोजक संस्थाले आफ्नो आधिकारिक वेभसाइटमा 'साबुनमेन'ले उत्कृष्ठ अवार्ड पाएको उल्लेख गरेको छ । आयोजकका अनुसार समाजको विकासमा आफ्नो चेतनामूलक कामबाट उल्लेखनीय योगदान पुर्याउने टेलिभिजन कमर्सियललाई यो अवार्ड दिइने गरिन्छ । नेपाली समूहले पाएको यो अवार्ड अहिलेसम्मकै पहिलो हो ।
 
यो विज्ञापनलाई 'हेल्प नेपाल टुडे'ले गत अप्रिलमा तयार पारेको थियो । विज्ञापनमा चर्चित फिल्म 'रेशम फिलिली'का लिड कलाकार विनय श्रेष्ठ र मेनुका प्रधानले अभिनय गरेका छन् । उनीहरुले हात धुनुको महत्व दर्शाउँदै सामान्य बानीले मानिसलाई कसरी सुपरहिरो बनाउँछ भन्ने कुरा विज्ञापनमा प्रस्तुत गरेका छन् । 
 
भिडियोलाई सोही फिल्मकै निर्देशक प्रवण जोशीले तयार पारेका हुन् । मानस सुवालको छायांकन र सुशिल न्यौपानेको सम्पादन छ । विज्ञापनमा 'किन उड्छ साबुन मेन' गीत प्रस्तुत गरिएको छ, जसमा अल्मोडा राना उप्रेतीको लेखन र गायन छ ।
 
यो थियो विज्ञापनः
 
Most Visited News (monthly)