मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नै फिल्म प्रचारमा नहिँड्ने हमालको 'वीर विक्रम' हेर्न दर्शकलाई अपिल

फिल्मीखबर, काठमाडौं, 2016/07/27
आफैले अभिनय गरेको फिल्म प्रचारलाई साथ नदिने अनि निर्माता निर्देशककै फोन नउठाउने आरोप खेप्ने अभिनेता हुन् राजेश हमाल । हुन पनि हमाल सितिमिति कुनै फिल्म प्रचारमा मन लागेर हिँडेको भेटिन्न । 
 
तर अचम्म यो छ कि, हमालले कुनै तरहबाट पनि आफु नजोडिएको फिल्म 'वीर बिक्रम' प्रति आशावादी हुँदै दर्शकलाई फिल्म हेर्न आग्रह गरेका छन् ।
 
प्राप्त भिडियो सामग्रीमा 'कृपया' शब्दसहित हमालले  भदौ ३ रिलिज हुने फिल्म हेर्न सबैजना हलमा गएर ईन्जोए गर्नुहोला बोलेका छन् ।
 
 त्यसो त हमालले निर्देशक मिलन चाम्सको पहिलो फिल्म 'हँसिया'मा काम गरेका थिए, त्यसयता चाम्स र हमालको सम्बन्ध सुमधुर नै रहिरहेको पनि प्राप्त भिडियोले प्रष्ट्याएको छ ।
 
'वीर विक्रम'कै कलाकारले प्रचारमा खासै साथ नदिएको गुनासोका बीच हमालको सार्वजनिक अभिव्यक्तीले फिल्म प्रचारलाई केहि राहत हुने पक्का छ । जुन कुराले निर्देशक चाम्स पनि उत्साहित छन् । फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही र दीया पुनः लिड रोलमा छन् ।