मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौ १७ मा नआउने भो विदेशमा खिचिएको मलिनाको 'दि विनर'

फिल्मीखबर, काठमाडौं, 2016/07/26
भदौ १७ मा पाँच फिल्म प्रदर्शनमा आउने चर्चाका बीच एक फिल्म भने रिलिज नहुने पक्का भएको छ ।
 
जानकारीमा आएअनुसार नेपालसँगै अष्ट्रेलिया र दुबईमा खिचिएको पुर्व मिस नेपाल मलिना जोशी स्टारर फिल्म 'दि विनर'को रिलिज पोष्टपोण्ड भएको हो । 
 
फिल्म अब कहिले रिलिज हुने खुलाईएको छैन् । तर भदौ ३१ लाई फिल्म प्रदर्शनको संभावित मिति मानिएको छ ।
 
हल व्यवस्थापनको चाँजिपाजो नमिल्नुलाई रिलिज पोष्टपोण्डको कारक भनिएको छ। 
 
फिल्मको हालसम्म टिजर र फर्स्टलुक पोस्टर अनि गीत मात्र बाहिर ल्याईएको छ । केहि दिनमा नै ट्रेलर सार्वजनिक गर्दै अफिसियल नयाँ रिलिज मिति तय गर्ने तयारीमा निर्माण टिम छ ।