मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

निशाको प्रेममा बिराज, आयो 'जय पर्शुराम' गीत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/07/26
पुराना स्टार विराज भट्टको कमब्याक फिल्म 'जय पर्शुराम'को पहिलो गीत रिलिज भएको छ । युट्युवमा सार्ववजनिक गीतमा विराज र अभिनेत्री निशाको प्रेमभाव छल्केको छ ।
 
 
'म त हुन्छु...  बोलको गीतमा स्वर दिपक लिम्बु र अञ्जु पन्तको छ भने डा. कृष्णहरी बरालको शब्दमा संगीत महेश खड्काले भरेका छन् । 
 
सुन्दर सेटमा खिचिएको गीतको लागी मात्रै ६ लाख रुपैयाँ खर्चेको निर्माण युनिटको दाबी छ । गीतको भिडियोमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । 
 
रोज राणाको निर्माण तथा डेब्यू निर्देशन समावेश फिल्म यहि साउन २८ मा रिलिज हुँदैछ । फिल्ममा रविन तामाङ पनि लिड रोलमा छन् । सार्वजनिक टिजर तथा ट्रेलरले निकै आशा जगाएको फिल्म बर्षकै प्रतिच्छित मध्येको एक हो ।