मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

नम्रता श्रेष्ठसँगको प्रेम प्रसङ्गमा नाजिरको यस्तो जवाफ !

फिल्मीखबर, काठमाडौं, 2016/07/25
'गाँठो' फिल्मका लिड कलाकार हुन नाजिर हुसैन र नम्रता श्रेष्ठ । पछिल्लो समय कम फिल्म गरेरै पनि राम्रो पाएका नाजिर पछिल्लो समय केहि सार्वजनिक कार्यक्रममा डेब्यू हिरोईन नम्रतासँगै देखिईरहँदा गसिप बजारमा यी दुईबीच कतै खास सम्बन्ध त छैन् भन्ने चर्चा चल्यो । 
 
तर यो विषयमा केहि दिन पहिले राजधानीमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीले नम्रतासँगको सम्बन्ध के हो भन्ने प्रश्नमा उनले भने, 'फिल्मको वर्कसपबाट नै फिल्मको लागी केहि निकट हुनपर्ने थियो, त्यसैको निरन्तता अहिले पनि चलिरहेको हो, हामीबीच त्यस्तो खास केहि छैन् ।'
 
तर उनले यो जवाफ फर्काईरहँदा विभिन्न फिल्मको प्रिमियरमा तथा अन्य कार्यक्रममा यी दुईबीचको निकटताले भने उनको जवाफलाई पनि शंका गर्ने अवस्था राख्छ ।
 
सुरज भुषाल भुषाल निर्देशित भदौ २९ रिलिज 'गाँठो'मा यी दुईले अन स्कृन रोमान्स गरेका छन् । फिल्मको कारण मात्र निकट हुन या रिलिजपछि पनि यो क्रम चल्छ, त्यो भने केहि पछि पक्कै थाहा होला ।