लज्जा गर्ल शिल्पा पोखरेल स्टारर फिल्म 'बृन्दावन' को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा एक युवकसँग शिल्पाले माया प्रेमका गन्धन गरेको भेटिन्छ ।
'यो मनको कुरा...' बोलको गीतमा स्वर प्रविशा अधिकारी र डेभिट शंकरको छ भने प्रदिप भारद्वाजको शब्द रहेको गीतमा संगीत भर्ने काम विकास चौधरीले गरेका छन् ।
भिडियोको कोरियोग्राफी रामजी लामिछानेको हो । राजबहादुर साने निर्देशित फिल्ममा शिल्पासँगै किशोर खतिवडा लिड रोलमा छन् भने बाँदरलाई पनि अभिनयमा जोडिएको छ ।