बिराज भट्ट नेपाली फिल्मको पुरानो अनि चर्चित नाम हो। एक्सन अभिनेताको परिचय बनाएका बिराज भट्ट करिब ५ बर्षपछि 'जयपर्शुराम' फिल्म मार्फत कमब्याक गर्दै छन् ।
साउन २८ गते रिलिज हुन लागेको फिल्मलाई रोज राणाले निर्देशन गरेका हुन् । लामो समयपछि कमब्याक गरेका बिराज भन्छन्,'सायद दुई बर्ष ढिला भयो कम ब्याक गर्न ।' यस्तै उनले आफ्नो स्टारडमा अहिले पनि ताजै रहेको बताए ।
यता यही फिल्ममा बिराज भट्टसँग अनस्क्रिनमा जोडी बाँधेकी अभिनेत्री निशा अधिकारीले फिल्मको बारेमा केही तथ्य खोलेकी छिन् । 'जयपर्शुराम' फिल्मको ट्रेलर सार्वजनिक भएपछी टेस्ट दिएर पास भएको अनुभव गरेकी निशाले फिल्मको बारेमा के-के भनिन् त ? उनी किन भेजिटेरियन बनिन् ? भिडियो हेरेर थाहा पाउनुस् ।