मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

स्टार क्रेज यस्तोः रजनिकान्तको फिल्म हेर्न भारतमा छुट्टी !

एजेन्सी, मुम्बई, 2016/07/20
रजनिकान्त साउथ फिल्मका सुपरस्टार । उनको नाम लिनासाथ अरु परिचय आवश्यक देखिन्न । उनको क्रेज वलिउडका कुनै सुपरस्टारको भन्दा माथी छ ।
 
रोचक कुरा के छ भने यो हप्ता अर्थात जुलाई २२ मा रिलिज हुने उनको फिल्म 'काबाली' हेर्नको लागी भारतमा धेरै कम्पनिले कर्मचारीलाई सार्वजनिक विदा दिएका छन् । 
 
रजनिकान्तको फिल्म पहिलो दिन अनि पहिलो शो हेर्नको लागी बैङ्ग्लोर, चेन्नई, गुजरात लगायतका कम्पनिका कर्मचारीहरुले समय माग गर्दै बिदाको लागी गरेको आग्रहलाई दर्जनौं कम्पनिले स्विाकर्दै विदा दिने निर्णय गरे । एडभान्स टिकट विक्री सुरु भईसक्दा पहिलो दिनको टिकम करिब सकिन लागिसकेको बताईन्छ ।
 
तुलनात्मक रुपमा अन्य फिल्मको भन्दा 'काबाली'को टिकट दर पनि बढाईएको छ । एडभान्स टिकट ५ सय देखी ६ सयमा विक्री भईरहेको वलिउड अनलाईनहरुले लेखेका छन् ।
 
यो फिल्ममा जरनिकान्त ग्याङ्गस्टारको भुमिकामा छन् । फिल्मको चर्चा भारत मात्र होईन नेपालसँगै भारतिय फिल्मको मार्केट रहेका धेरै देशमा चुलिँदो छ ।