मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै महिनामा दुई अवार्ड घोषणा, दुबै विदेशमा

फिल्मीखबर, काठमाडौं, 2016/07/20
नेपालमा फिल्म सम्बन्धि अवार्ड आयोजना हुने कुरा नयाँ होईन् । हरेक बर्ष दर्जनजति अवार्ड समारोह आयोजना हुँदै आएका छन् । नेपाली फिल्मको विश्वव्यापी बन्दै गर्दा अवार्ड समारोह पनि देशमा मात्र होईन विदेशमा समेत हुँदै आएका छन् । 
 
 
यो बीचमा बर्ष २०७३ का दुई फिल्म अवार्ड विदेशमा हुने पक्का भएको छ । यसैसाता सोमबार र मंगलबार गरेर दुई अवार्ड समारोहको मिति घोषणा गरियो । रोचक कुरा के आयो भने देश बाहिर हुने घोषणा गरिएका दुबै अवार्ड समारोह एकै महिनामा हुने भएका छन् । 
 
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को चौथों संस्करण भारतको सिक्किममा आउदो नोभेम्बरमा हुने घोषणा भएको भोलीपल्ट चलचित्र प्राविधिक संघले गर्ने आठौं संस्करणको नेफ्टा अवार्ड पनि नोभेम्वरमै गरिने घोषणा भएको हो । 
 
यसअघि मलेशिया, हङकङ र कतारमा सम्पन्न भईसकेको नेफ्टा अवार्ड विदेशमा हुने भने पनि ठाउँ तोकिएको छैन् । ईनास अवार्ड नोभेम्बरको पहिलो साता हुने भनिरहँदा नेफ्टा अवार्ड पनि नोभेम्बरकै १० तारिखमा गरिने बताईएको छ ।
 
एकै महिना त्यो पनि एकै साता अवार्ड समारोह हुनुले फिल्मकर्मी र आयोजकबीच तालमेल नमिलेको देखिन्छ । यदि तोकिएकै मितिमा दुबै अवार्ड भए र दुबैमा फरक फरक कलाकर्मीले अवार्ड हात पारे भने फिल्म अवार्डलाई पुनः सेटिङको अवार्ड भन्नेहरुलाई जुर्मुराउने ठाउँ मिल्नेछ ।
 
त्यसो त गत महिना राष्ट्रिय चलचित्र पुरस्कार र कलाकार संघको अवार्ड पनि एकै साता भएको थियो भने केहि विधा मिलेपनि केहि विधामा दुबैतिर फरक फरक कलाकारले अवार्ड पाएका थिए । 
 
नेपाली फिल्मसम्न्धी अवार्ड अथवा जुनकुनै कार्यक्रम पनि विदेशमा हुनु राम्रो कुरा भए पनि एकले अर्काको अस्थित्व नस्विकार्ने अनि बढ्दै गएको मै हुँ भन्ने भावना र घमण्डले भने राम्रो सन्देश फिल्म उद्योगको पक्षमा छर्ने छैन् । 
 
(तश्विरमा चौथो ईनास अवार्ड घोषणा समारोह)