मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चार घण्टामा दुई फिल्मको सुटिङ सकेर गिनिजबुकमा नाम लेख्ने तयारी

फिल्मीखबर, काठमाण्डौ, 2016/07/19
सोमबार काठमाण्डौमा एक समारोहका बिच फिल्म 'जालो' र 'जालो रिटर्न्स'को निर्माण घोषणा गरिएको छ । गिनिज बुकमा नाम लेखाउने उद्देश्यको साथमा तयार हुन लागेको यो फिल्म 'वान एक्सन, वान कट'मा सकिने निर्देशक अराज केशवले जानकारी दिए ।
 
 
निरन्तर चार घण्टा सुटिङ्ग गरेर सकिने यि दुवै फिल्म एकसाथ खिचिने छ । निर्माण पक्षका अनुसार एक पटक क्यामरा खोलेपछि फिल्मका सबै दृश्य नखिचेसम्म बन्द गरिने छैन । कुनै दृश्य पनि नदोहोर्‍याई वान सटमा खिचिने बताईएको छ । पूरै दृश्य खिचिसकेपछि फिल्मलाई ‘जालो’ र ‘जालो रिटर्न्स'मा तयार पारिने भएको छ । 
 
असोज महिनामा सुटिङ गर्ने भनिएको फिल्मलाई मोहित मुनालाले निर्माण गर्न लागेका हुन् । अनुपबिक्रम शाही, आशिफ साह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी लगाएतका कलाकार फाइनल भैसकेको समेत निर्माण पक्षले जानकारी गरायो ।