मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सुल्तानको सफलतासँगै राजनीतिमा सलमान

एजेन्सी, मुम्बई, 2016/07/18
बलिउड सुपरस्टार सलमान खान वक्सअफिसका किङ मानिन्छन् । लगातार जस्तो उनका फिल्म सय करोड, दुई सय करोड अनि तीन सय करोडको विजनेस गर्न सफल हुँदैगर्दा पछिल्लो समय वलिउडमा उनको प्रतिस्पर्धी नै कसैलाई मानिएको छैन् । 
 
दोश्रो हप्ताको सफलतासँगै तेस्रो हप्तामा प्रदर्शनरत सलमान स्टारर सुल्तानले २ सय ५० करोडको विजनेस आँकडा पार गरिरहँदा फिल्म ३ सय करोडको विजनेस दौडमा छ ।
 
उता सलमानले भने सुल्तानको सफलतासँगै अबको १० दिनमा नयाँ फिल्म सुरु गर्ने भएका छन् । सुल्तानमा खेलाडी बनेका सलमान नयाँ प्रोजेक्ट 'ट्युवलाईट'मा राजनीतिक व्याकग्राउण्डको पात्रको भुमिकामा देखिने भएका हुन् । 
 
१९ सय ६० को दशकमा चलेको भारतको द्वन्द्वको कथा फिल्मले बोल्ने बताईएको छ । हालसम्म हिरोईन सार्वजनिक नगरिएको पोलिटिकल थ्रिलर जनराको फिल्म हिमालय वोर्डरमा खिचिने निर्देशक कबिर खानले बताएका छन् ।
 
फिल्ममा मुख्यतः  सलमानको नै भुमिका रहने र दोश्रो हाफमा मात्र हिरोईनको आगमन हुने बताईएको छ । गत बर्ष रिलिज 'बजरंगी भाईजान' को सफलतापछि सलमान र कबिरको पुनः टिमअप भएको हो ।