मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

पूर्व दम्पति सुस्मिता र भुवनको कस्तो दुस्मनी ?

फिल्मीखबर, काठमाडौं, 2016/07/18
'पूर्व पति भुवन केसी र तपाईंबीच दुस्मनी छ रे हो ?', त्यस्तो होईन, 'भुवन र म एक जमानाका मिल्ने साथी हौँ, अहिले दुबैजना छुट्टै रहे पनि हाम्रो मित्रता कायमै छ, दुस्मनी छैन नी !', सोमबार आयोजित पत्रकार भेटघाटमा 'म त तिम्रै हुँ निर्मात्री सुस्मिता केसी र सञ्चारकर्मीबीचको प्रश्नोत्तर हो यो । 
 
पूर्व दम्पति भुवन केसी र सुस्मिता केसीबीच लामो समयदेखि बोलचाल नभएको खबर मिडियामा आईरहँदा केहि दिन पहिले हाल अमेरिकामा रहेका भुवनले सुस्मिताको फिल्मलाई शुभकामना दिएको खबरसँगै सम्बन्ध सुधारको संकेत देखिएको थियो । यो बीचमा सुस्मिता पनि भुवनप्रति सकारात्मक देखिईन् । 
 
सुस्मिताले आफुहरुबीच नराम्रो नरहेको भन्दै गलत प्रचारको पछि नलाग्न आग्रह पनि गरिन् । उनले केहि महिना पहिले रिलिज भुवन निर्देशित तथा पुत्र अनमोल केसी स्टारर फिल्म 'ड्रिम्स'लाई पनि सफलताको सुभकामना दिएकी थिईन् ।
 
 
तर, सुस्मिता र भुवनबीच राम्रो छैन भन्ने कुरा भने समय समयमा सुस्मिताले भुवनलाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका स्टाटसहरुले दर्शाउँदै आएका छन् । त्यसैले मिडियाको अघि बाध्यताबस दुबैजना एक अर्काप्रति सकारात्मक बनेको आंकलन गर्न सकिन्छ ।
 
सुस्मिताले 'म त तिम्रै हुँ' राम्रो फिल्म बनेको भन्दै दर्शकको साथ पाउने आशा पनि व्यक्त गरिन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्मलाई श्रीराम महतले निर्देशन गरेका हुन् भने आकाश श्रेष्ठ र ज्योत्स्ना योगी लिड अभिनयमा छन् ।