मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङको स्टारडम भर्सेज 'चपली हाईट' ब्राण्ड, कसले मार्ला बाजी ?

फिल्मीखबर, काठमाडौं, 2016/07/18
दयाहाङ राई कमेडि फ्लेभरको फिल्मका किङ जस्तै हुन् । राम्रो फ्यान फलोईङ भएका यी अभिनेताको दुर्भाग्य के छ भने निश्चल बस्नेत र रामबाबु गुरुङसँग बाहेक बाहिरि टिमसँग काम गर्दा उक्त फिल्मले लगानी उठाउन पनि धौ धौ पर्छ ।
 
 
यो बीचमा भदौमा मात्रै दयाका तीन फिल्म रिलिजको पाईपलाईनमा छन् । भदौको पहिलो हप्ता नै उनको वीर विक्रम' फिल्मको भिडन्त पक्का छ 'चपली हाइट' सिक्वेलसँग । दिपेन्द्र के खनाल निर्देशित 'चपली हाईट २' लाई ब्राण्डको फाईदा छ । 
 
विनिता बराल स्टारर चपली हाईटले व्यापारिक सफलता मात्र हात पारेन, फिल्म क्षेत्रको ट्रेण्ड परिवर्तनको चर्चा पनि कमायो । सिक्वेल बन्ने भन्ने समाचार बाहिरिँदा देखि नै चर्चामा रहेको फिल्मको हाईप कमजोर आँकलन गर्न सकिने छैन् । 
 
त्यसैले मिलन चाम्स निर्देशित 'वीर विक्रम' का  दयाहाङको लागी यो फिल्म राम्रो चुनौती बन्ने निश्चित बन्दैगर्दा दर्शक कता जान्छन् र कसले बाजी मार्छ दुबै फिल्मको विजनेस हिसाब गर्न लायक हुनेछ ।
 
चपली हाईट सिक्वेलमा सबै नयाँ अनुहार छन्, स्टारकास्ट भने छैन्, त्यसैले दयाहाङको भिडन्त कलाकारसँग भन्दा पनि 'चपली हाईट' को ब्राण्डसँग भन्दा फरक नपर्ने भएको हो । त्यसो त पछिल्लो फिल्म 'पशुपतिप्रसाद'बाट राष्ट्रिय अवार्ड जित्न सफल दिपेन्द्र के खनाल निर्देशित चपली सिक्वेलको अर्को आशा गर्न लायक कुरा निर्देशकिय पाटो पनि हो । 
 
तर 'हँसिया' निर्देशक चाम्सले पनि राम्रै तारिफ पाएपछि बनाएको 'वीर विक्रम'ले पनि यसअघिको लण्डन प्रिमियरबाट वाहिवाहि पाईसकेको छ । त्यसैले यी दुई फिल्ममा को अघि र कोहि पछि पर्छ त्यसको लागी भने भदौ २ पर्खिनै पर्नेछ ।