मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

अनमोलले खोले आमाको फिल्म नखेल्नुको रहस्य

फिल्मीखबर, काठमाडौं, 2016/07/18
अनमोल केसी अभिनेता मात्र होईन निर्माता बनिसकेका छन् ।उनलाई निर्माता राखिएको उनकी आमा सुस्मिता केसीको ब्यानर अनमोल कृयशनको तर्फबाट बनेको फिल्म 'म त तिम्रै हुँ' यहि साउन ७ मा रिलिज हुँदैछ । आफ्नै ब्यानरमा बनेको आमाको फिल्म किन खेलेनन् अनमोलले ? धेरैको प्रश्न थियो ।
 
 
तर सोमबार राजधानीमा आयोजित एक प्रेस मिटमा उपस्थित अनमोलले यो कुराको जवाफ फर्काए । 'ममिको फिल्मको कथा मलाई लेखेर लेखिएको थिएन, ममिले तयार गरेको कथामा म फिट थिईन् त्यसैले खेलिन्' अनमोलले भने, 'म त तिम्रै हुँ'को कथा सुहाउँदो पात्रमा आकाश श्रेष्ठ नै फिट छन्, उनले न्याय गरेका छन् । 
 
आगामी दिनमा अनमोल कृयशनको व्यानरमा आमा सुस्मिता केसीको लगानीमा बन्ने फिल्ममा आफु खेल्न सक्ने संकेत अनमोलको थियो । सुहाउँदो स्कृप्ट आएमा खेल्न तयार छु, मेरो लागी बाबा आमा दुबै बराबर हुनुहुन्छ', अनमोलले भने । 
 
मिडियामा नआउने तथा केहि महिना गुपचुप रहने समाचार बाहिरिँदै गर्दा पनि कार्यक्रममा किन भन्ने प्रश्नमा अनमोलले 'म त तिम्रै हुँ' आफ्नै फिल्म रहेकोले अनि केहि दिन पहिले प्रधानमन्त्रीको निमन्त्रणा हार्न नसकेर बालुवाटारमा आयोजित कार्यक्रममा उपस्थित भएको बताए ।
 
आफ्नै व्यानरबाट डेब्यू लिएका आकाशलाई आफ्नो प्रतिस्पर्धीको रुपमा नलिएको पनि अनमोलको भनाई थियो ।