मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३ गुणा बढाएकी प्रियंकाको रेट कति ?

एजेन्सी, मुम्बई, 2016/07/18
वलिउड सुन्दरी तथा सफल अभिनेत्री प्रियंका चोपडा निकै डिमाण्डेवल हिरोईन हुन् । पछिल्लो समय हलिउड प्रोजेक्टमा व्यस्त प्रियंकाले पछिल्लो फिल्म 'गंगाजल' र 'बाजिराव मस्तानी' पछि वलिउड फिल्म गरेकी छैनन् । 
 
अमेरिकाको लामो बसाईपछि अक्कल झुक्कल भारत आउँदा निर्माता निर्देशकको अफरलाई उनले कम प्राथमिकताला राख्दै आएकी छिन् । यो बीचमा खबर बाहिरिएको छ कि प्रियंकाले अब जुन पायो त्यो प्रोजेक्ट पनि गर्दिनन् र पुरानो पारिश्रमिकमा काम पनि गर्दिनन् । 
 
वलिउड भाष्करले लेखे अनुसार प्रियंकाको पछिल्लो फिल्म 'गंगाजल'को पारिश्रमिक ४ करोड मात्र थियो, अब भने उनले १२ करोड ५० लाख आफ्नो पारिश्रमिक तोकेको बताइन्छ । वलिउड हिरोईनमा यो रकम सबैभन्दा बढि हो । 
 
'सेलेक्टेड प्रोजेक्ट' मात्र गर्ने अनि त्यसमा पनि आफुलाई मुख्य भुमिका दिईएको प्रोजेक्ट मात्र गर्ने वलिउड निर्माता निर्देशकको लागी उनको पहिलो सर्त रहने बताइएको छ ।